काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा भारी गिरावट देखिएको छ । स्थानीय बजारमा सोमबार (आज) सुनको मूल्य ११ सयले घटेको छ । सुन प्रतितोला एक लाख ९८ हजार १०० रुपैयाँ तोकिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदी दुई हजार ३१५ रुपैयाँ तोकिएको छ । आइतबार सुनको मूल्य एक लाख ९९ हजार २ सय रुपैयाँ कायम भएको थियो भने चाँदी प्रतितोला दुई हजार ३३० रुपैयाँ पुगेको थियो ।
