आषाढ २० बारा । बारा जिल्लाको विश्रामपुर गाउँपालिकामा यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा अत्यन्तै निराशाजनक देखिएको छ ।
गाउँपालिकामा भरिमा सञ्चालित तीन वटा माध्यमिक विद्यालयबाट सहभागी भएका कुल १४९ जना विद्यार्थीमध्ये जम्मा १२ जना मात्र उत्तीर्ण भएका छन् । तथ्याङ्कले गाउँपालिकाको शैक्षिक गुणस्तरमा गम्भीर प्रश्न चिह्न खडा गरेको छ ।
राष्ट्रिय परीक्षा बोर्डबाट प्रकाशित नतिजा अनुसार, गाउँपालिकास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, इटीयाहीबाट ५६ जना विद्यार्थीले एसइई दिएकामा केवल एक जना मात्र उत्तीर्ण भएका छन् । विद्यालयको उत्तीर्ण दर अत्यन्तै न्यून रहेको देखिन्छ ।
त्यस्तै, श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, बलिरामपुरबाट २५ जना विद्यार्थी सहभागी भएकामा ६ जना उत्तीर्ण भएका छन् तथा श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, मुसहर्वाबाट ६१ जना सहभागी भएकामा ५ जना मात्र उत्तीर्ण भएका छन् ।
अर्कोतर्फ श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, इटीयाहीको प्राविधिक धारतर्फ परीक्षा दिएका ७ जना विद्यार्थीमध्ये एक जना पनि उत्तीर्ण हुन सकेनन् । समग्रमा गाउँपालिकाको उत्तीर्ण दर ८.४५ प्रतिशत मात्र रहेको छ।
सईई को नतिजाले विश्रामपुर गाउँपालिकाको शैक्षिक अवस्थामा गम्भीर प्रश्न चिन्ह खडा गरेको छ ।
तथा शैक्षिक मा धेरै समस्याहरू रहेको सङ्केत गरेको छ । शिक्षाविद्हरूका अनुसार, यो अवस्थाका लागि शिक्षकको अभाव, गुणस्तरीय शिक्षण सामग्रीको कमी, बिधालय ब्यवस्थापन नहुनु अभिभावकहरु लाई शिक्षा प्रति लगाव नहुनु तथा स्थानिय जन प्रतिनिधि हरु को लापरवाही ले यो अवस्था औल्याएको सहजै बुझ्न सकिन्छ।
आजै बिहान श्री ने रा उच्च माध्यमिक विद्यालय ईटियाही मा स्थानिय नेता समाज सेवी तथा केही अभिभावक समेत बिधालय का प्र .अ.दिपे्द्र स्वर्ण्कार संग बिधार्थी . पढाई .तथा एसईई को नतिजा बारे बुझन जादा उनले आउदो आषाढ ३० गते पालिकाले अभिभावक भेलानै बोलाएको हो बारे जानकारी गराउदै केही सल्लाह सुझाव लिन्न भने वडा अध्यक्ष अमिती गुप्ता लाई फोन गर्दा गुप्ता गैरजिमेवार तरिकाले जबाब दिदै पन्छिन खोजेको जुन कि आफै बिधालय ब्यवस्थापन समितिका सदस्य समेत हुन । स्थानिय का चिन्ता छ क्लास ११ मा बिधार्थी कहा बाट आउ्छ यही प्रबिति रहयो यस बिधालयमा भन्ने कसले पढाउछ आफ्ना छोरा छोरीहरु लाई उच्च माध्यमिक विद्यालय को के होला ? प्रश्न चिन्ह खडा भएको छ ।
