काठमाडौं । नेपाली बजारमा सोमवार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक हजार रुपैयाँले घट्दै १ लाख ८८ हजार ४०० रुपैयाँ कायम भएको छ यसअघि हिजो आइतवार सुन प्रतितोला १ लाख ८९ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँले घट्दै २ हजार १सय ४५ रुपैयाँ कायम भएको छ । हिजो आईतवार चाँदीको मूल्य प्रतितोला २ हजार १६५ रुपैयाँमा कारोबार भएको थियो ।



