काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा उल्लेखनीय वृद्धि देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला एक लाख ८९ हजार ८०० रुपैयाँ पुगेको छ, जुन मंगलबारको तुलनामा पाँच हजार रुपैयाँले बढी हो । मंगलबार सुनको मूल्य एक लाख ८४ हजार ८०० रुपैयाँ थियो ।
यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । आज चाँदी प्रतितोला एक हजार ९९० रुपैयाँमा कारोबार भइरहेको छ, जुन हिजोको एक हजार ९४० रुपैयाँको तुलनामा ५० रुपैयाँले बढी हो ।
