काठमाडौं । नेपाली बजारमा बुधवार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको हो । बुधवार यससँगै छापावाल सुनको मूल्य तोलामा एक लाख ७९ हजार १०० रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन सुनको मूल्य तोलामा एक लाख ७९ हजार ७०० रुपैयाँ कायम भएको थियो । यस्तै, आज चाँदीको मूल्य १५ रुपैयाँ ले घटेको छ । मंगलबार २ हजार ३५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधवार २ हजार २० रुपैयाँ कायम भएको हो ।
