काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार ३ सय रुपैयाँले बढेको हो । सुन तोलाको १ लाख ७४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि बुधबार पनि सुन तोलामा २ सय रुपैयाँले बढेको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । तोलामा ३० रुपैयाँले बढेर चाँदी २ हजार २० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
