काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेर १ लाख ७० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि आइतबार पनि सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेको थियो । यस्तै, सोमबार चाँदीको मूल्य भने स्थिर छ । चाँदी तोलाको १ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
