काठमाडौं । बर्दियाको मधुवन नगरपालिका–९ भाटचोकमा शनिबार राति चितुवाको आक्रमणबाट साढे दुई वर्षीय बालकको मृत्यु भएको छ । घरको आँगनमा खेलिरहेका बालक अचानक बेपत्ता भएपछि स्थानीयले प्रहरीलाई सूचना दिएका थिए । खोज तलासको क्रममा राति साढे नौ बजे बालकको शव भेटिएको थियो ।
प्रहरीका अनुसार, कतरनियाघाट वन्यजन्तु आरक्षबाट आएको चितुवाले बालकलाई आक्रमण गरेको हो । राप्ती सोनारी गाउँ पालिका–५ का रचना चलाउनेका छोरा रिहानलाई चितुवाले आक्रमण गरी मृत्युमा पुर्याएको जिल्ला प्रहरी कार्यालयका डीएसपी ऋषिराम घर्तीमगरले जानकारी दिएका छन् । बालकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ ।
