काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन-चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्य सूचीअनुसार आज (शुक्रबार) सुनको मूल्य तोलामा बढेर १ लाख ६२ हजार ८ सय पुगेको छ । बिहीबार यसको मूल्य १ लाख ६० हजार ५ सय रुपैयाँ रहेको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि प्रति तोला १ हजार ९१५ रुपैयाँ पुगेको छ । बिहीबार यो मूल्य १ हजार ८८५ रुपैयाँ रहेको थियो ।



