काठमाडौं । आज सुनको मुल्य प्रतितोलामा एक हजार रुपैयाँले बढेको छ । सुन आज प्रतितोलामा एक हजार रुपैयाँले बढेर एक लाख ६० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको मुल्य प्रतितोलाको एक लाख ५९ हजार ६ सय रुपैयाँमा रहेको थियो । यस्तै, आज चाँदीको मुल्य पनि तोलामा पाँच रुपैयाँले बढेर एक हजार आठ सय ८० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको मुल्य तोलाको एक हजार आठ सय ७५ रुपैयाँ रहेको थियो ।
