वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य सङ्घको ४८ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन प्रमुख अतिथि तथा नेपाल उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्रप्रसाद ढकालले गरेका छन । कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवालले ६ वर्ष बितिस्कदा पनि औद्योगिक क्षेत्रको विद्युत कटौती हुने समस्याको अन्त्य नभएको बताए ।
नेपालमा वि.सं २०७५ बैशाख ३१ गते औद्योगिक क्षेत्रको लोडसेडिङ अन्त्य भएको घोषणा भएपनि हाल सम्म त्यसको निराकरण भने अझै हुन नसकेको बताए । उनले नेपालमा विद्युत प्राधिकरणले अहिले पुर्व–पश्चिम क्षेत्रका उद्योगहरुमा दैनिक ८ देखि १२ घण्टा सम्म औद्योगिक लोड कटौती गर्दै आइरहेको उनको भनाई छ ।

वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिक कुमार अग्रवालको अध्यक्षतामा भएको उद्घाटन सत्रमा नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ, वीरगञ्ज उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष डा। सुवोध कुमार गुप्ता, जिल्ला समन्वय समितिका सभापती अजय सराफ, उद्योग वाणिज्य महासङ्घ मधेश प्रदेशका अध्यक्ष अशोक टेमानी, गणेश लाठ र नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी लगायतका वक्ताहरूले मन्तव्य व्यक्त गरे । ४८ औँ साधारण सभा कार्यक्रममा १४ जनालई सम्मान समेत गरिएको थियो ।



