काठमाडौं । ललितपुरको सातदोबाटोस्थित एक अवैध कल सेन्टरबाट ५३ जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता होविन्द्र बोगटीका अनुसार सिआइबीले सोमबार राति पक्राउ गरेकामध्ये ३ जना भारतीय रहेका छन् । जसमा २९ जना महिला रहेका छन् ।
नेपालीको नाममा कम्पनी भारतीयले झण्डै २ महिनादेखि कल सेन्टर चलाएको देखिएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । उनीहरुको साथबाट ८५ थान ल्यापटप र ८५ वटा मोबाइल बरामद भएको बोगटीले अन्नपूर्ण पोस्ट्लाई जानकारी दिए ।
उनीहरुले कल सेन्टर चलाएर अनलाइन जुवा लगायत अवैध गतिविधि गरिरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनको भनाई छ । पक्राउ परेका माथि थप अनुसन्धान भइरहेको छ ।
