काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । बुधबार ९ सयले बढेको सुनको मूल्य आज ३ सयले घटेको हो । आज सुन प्रतितोला १ लाख ४९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
बुधबार सुन प्रतितोला १ लाख ४९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । बुधबारको तुलनामा चाँदीको मूल्य ३० रुपैयाँले घटेर प्रतितोला १ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
