सर्लाही । सर्लाहीमा ट्याक्टर अनियन्त्रित भई पल्टिदा सर्लाहीमा एक जनाको मृत्यु भएको छ । मृत्युु हुनेमा बलरा नगरपालिका वडा नं ९ अचलगढ बस्ने ४० वर्षीय रुसतम साह रहेको छ ।
आज बिहान बलरा नगरपालिका वडा नं ९ अचलगढमा मृत्क साहले आफ्नै अनटेष्ट स्वराज कम्पनीको ट्याक्टरले आफ्नै खेत जोती घर फर्किने क्रममा खेतमा अनियन्त्रित भई पल्टिन जाँदा उनी ट्याक्टरमा च्यापी गम्भीर घाईते भएका थिए ।
स्थानीयहरुले निकाली उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र अचलगढमा लगेकोमा उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिए ।
