काठमाडौं । सुनको मूल्य आज पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको हो । योसँगै सुन प्रतितोला १ लाख ६४ हजार रुपैयाँ पुगेको छ । यस्तै, आज चाँदीको भाउ भने स्थिर छ । चाँदी प्रतितोला १ हजार ९ सय २५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
