काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यमा आज पनि वृद्धि भएको छ । अघिल्लो दिन मंगलबार १ हजार १०० रुपैयाँले बढे को सुन आज ९ सय रुपैयाँले बढेको हो । नेपाल सुन-चाँदी व्यवसायी महासंघले आज ९ सय रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य १ लाख ६३ हजार कायम भएको जनाएको छ ।
मंगलबार तोला सुनको मूल्य १ लाख ६२ हजार १०० रुपैयाँमा पुगेको थियो । सुनको मूल्य बढेपनि चाँदी भने घटेको छ । आज चाँदी प्रतितोला १ हजार ९५० रुपैयाँ कायम भएको छ । मंगलबार चाँदी प्रतितोला १ हजार ९५५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।
