वीरगञ्ज । पर्साको जिराभवानी गाउँपालिका–३ सहजानपुरमा प्रहरीले दश कठा क्षेत्रफलमा लगाइएको अवैध गाँजा खेती नष्ट गरेको छ । मंसिर ४ को दिन ईलाका प्रहरी कार्यालय सेढवा र सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट महादेवपटीको संयुक्त टोलीले गाँजा खेतीको फडानी गरी त्यसलाई नष्ट गरेको हो ।
प्रहरीले उक्त गाँजा खेती नष्ट गर्ने क्रममा गाँजा रौप्ने व्यक्तिको पहिचान गरी पक्राउ गर्ने प्रयास पनि जारी राखेको छ । ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका अनुसार, गाँजा खेती गर्ने र त्यसको व्यापार गर्ने अपराधीलाई पक्राउ गर्न खोजी कार्य तीव्र पारिएको छ ।
स्थानीय स्रोतका अनुसार, जिराभवानी क्षेत्रका केही कृषकहरूले अवैध गाँजा खेती गरिरहेका थिए, जुन प्रहरीको गुप्त सूचनाका आधारमा फडानी गरिएको हो । प्रहरीले गाँजा खेती गर्ने व्यक्तिहरूलाई कडा कारवाही गर्ने चेतावनी पनि दिएको छ । पक्राउ नपरेको गाँजा रौप्ने व्यक्तिको खोजी कार्य जारी रहेको र कानूनअनुसार कडा कदम चालिने जनाइएको छ ।
