काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको पशुपति आर्यघाटमा सोमबार दिउँसो राजकीय सम्मानसहित अन्त्येष्टि गरिएको छ । ज्ञानेश्वरस्थित सानो गौचरणमा श्रद्धाञ्जली सभा आयोजना गरेपछि ढुंगानको पार्थिव शरीरलाई पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो ।
कलेजोसँग सम्बन्धित समस्याका कारण पूर्वसभामुख ढुगानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा ८३ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको थियो । सानोगौचरणमा श्रद्धाञ्जलीपछि उनको पार्थिव शरीरको अन्त्येष्टिका लागि पशुपति आर्यघाटमा लगिएको थियो । नेपाल सरकारले उनको अन्त्येष्टि राजकीय सम्मानसहित गर्ने निर्णय सोमबार नै गरेको थियो ।
