काठमाडौं । पूर्व सभामुख दमननाथ ढुङ्गानाको आइतबार निधन भएको छ । ८३ वर्षीय ढुंगानाको उपचारको क्रमम निधन भएको हो । नेपाल बार एशोसियसनका अध्यक्ष गोपालकृष्ण घिमिरेका अनुसार स्वास्थ्यमा समस्या आएपछि उनलाई राजधानी को फ्रन्ट लाइन अस्पतालमा भर्ना गरिएको थियो ।
कानुन व्यवसायको क्षेत्रमा पनि चर्चित नाम राख्न सफल भएका उनी पछिल्लो समय विभिन्न स्वास्थ्य समस्याले पीडित थिए । वरिष्ठ अधिवक्तासमेत रहेका ढुंगाना २०४८ सालदेखि २०५१ सम्म सभामुख थिए । ढुंगानाले तत्कालीन विद्रोही माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन भूमिका पनि खेलेका थिए ।
