जनकपुरधाम । जनकपुरधाममा २२१ किलो गाँजा बरामद गरी प्रहरीले मकवानपुरका एक चालकलाई पक्राउ गरेको छ । प्रहरीले जनकपुरधाम उपमहानगरपालिका-१४ स्थित बाबा आयलस सेन्टर नजिक गरिएको चेकजाँचका क्रममा सो गाँजा बरामद गरेको हो । पक्राउ परेका व्यक्ति मकवानपुरको भीमफेदी गाउँपालिका-२ निवासी २४ वर्षीय प्रकाश लुङ्गवा रहेका छन्।
प्रहरीका अनुसार वडा प्रहरी कार्यालय मुजेलियाबाट खटिएको टोलीले ना. ५ ख १७७ नम्बरको मिनी ट्रकमा फल्स बटन बनाएर लुकाएको गाँजालाई फेला पारेको थियो । ट्रकमा राखिएका १६ वटा पोका बनाएर लुकाएर ल्याइँदै थियो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार, प्रकाश लुङ्गवामाथि थप अनुसन्धान जारी रहेको छ । यो घटनाले जनकपुरधाम क्षेत्रमा लागूऔषध तस्करीविरुद्ध प्रहरीले चलाएको अभियानमा ठूलो सफलता हासिल भएको छ ।



