काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले शैक्षिक क्षेत्रको सुधारका लागि विद्यार्थी संगठनहरुले पनि योगदान दिनुपर्ने बताउनुभएको छ ।
शनिबार काठमाडौंमा आयोजित बृहत शैक्षिक अन्तक्र्रिया कार्यक्रममा बोल्दै नेपालले शिक्षा क्षेत्रमा देखिएका बिभिन्न समस्या हरुको समिक्षा गर्दै यस क्षेत्रको सुधारका लागि विद्यार्थी संगठनहरुले पनि योगदान दिनुपर्ने बताउनुभएको हो ।
सरकारी नीतिमा रहेका कमजोरीलाई सुधार गर्नुपर्ने बिषयमा विश्वविद्यालय, सरकार लगाएतका निकायले बिशेष ध्यान दिनुपर्ने उहाले बताउनुभयो । अध्यक्ष नेपालले समयमा नै परिक्षा नहुने र समयमा नै नतिजा निकाल्न नसक्नुको कारण आफुले बुझ्न नपाएको धारणा राख्नुभयो ।
समयसीमाप्रति गम्भीर नहुने र अपारदर्शीका बिषयमा पनि विद्यार्थी संगठनले ध्यान दिनुपर्ने उहाको भनाइ छ । उहाले देशलाई सुन्दर बनाउने र नेपाल राष्ट्रको इज्जत बढाउने काम गर्न विद्यार्थीहरुलाई सुझाव दिनुभयो ।



