काठमाडौं । काठमाडौंको कमलादीमा सडक भासिएको छ । काठमाडौं महानगरपालिकाको कार्यालय अगाडि टुकुचा खोला नजिकैको सडक भासिएको हो । सडक भासिएपछि सो क्षेत्रमा सवारी आवागमन पूर्णरुपमा अवरुद्ध भएको छ । टुकुचा खोलाले सडकमुनी रहेको माटो बगाएपछि सडक भासिएको स्थानीयहरुको भनाइ छ ।
खोला छेउका सडकहरुलाई व्यवस्थीत तवरले निर्माण नगरेकाले पटक पटक सडक भासिने समस्या देखिने गरेको उनीहरुको भनाइ छ । बर्षायाममा काठमाडौंभित्रका सडकमा भासिने समस्या देखिने गरेको छ । यसअघि काठमाडौं नयाँ बानेश्वरकोबिच सडक भासिएको थियो ।
