काठमाडौं । नुवाकोटको शिवपुरीमा हेलिकप्टर दुर्घटना भएको छ । नुवाकोटको शिवपुरी गाउँपालिका–७ मा भएको हेलिकप्टर दुर्घटनामा परेर ५ जनाको मृत्यु भएको छ।
बुधबार काठमाडौंबाट रसुवाका लागि उडेको एयर डाइनेस्टीको ९ एन एजेडी हेलिकप्टर दुर्घटना भएको हो । हेलिकप्टर पाइलट अरुण मल्लबाहेक अरु चार जना चिनियाँ नागरिक रहेका छन् ।
