काठमाडौं । पोखरामा आज (सोमबार) बिहान विद्यार्थी बोकेको स्कुल बस दुर्घटनामा परेको छ । सोमबार बिहान विद्यार्थी लिएर फर्कँदै गरेको एलपी देवकोटा मेमेरियल स्कुलको बस पोखरा-१७, फुस्रेखोलानेर पल्टिएको वैदाम प्रहरी प्रमुख डीएसपी राजेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । अहिले प्रहरी र स्थानीयले विद्यार्थीहरूको उद्धार गरिरहेका छन् ।
घाइतेलाई अस्पताल पठाइएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ । बसमा चालक र सहचालक गरी २४ जना सवार रहेको र तीमध्ये केही गम्भीर घाइते भएको प्रहरीको भनाइ छ ।
