वीरगञ्ज । आर्थिक वर्ष २०८०/८१ मा सवारी दुर्घटनामा परेर पर्सामा ५१ जनाको मृत्यु भएको छ । गत आवमा ४३ पुरुष, साता महिला र एकजना बालिकाको मृत्यु भएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक भाष्कर खतिवडाले पर्सामा सवारी दुर्घटनामा परेर मृत्यु हुनेको सङ्ख्या अघिल्लो आवको तुलनामा आव २०८०/८१ मा एकतिहाइले बढेको बताए । आव २०७९/८० मा भने २९ पुरुष, पाँच र पाँच जना महिला र बालकको गरी ३९ जनाको मृत्यु भएको थियो ।
प्रहरी निरीक्षक खतिवडा अघिल्लो आवको तुलनामा गत आवमा सवारी दुर्घटना सङ्ख्या पनि बढेको बताए । आव २०८०/८१ मा सात सय ९६ र आव २०७९/८० मा भने चार सय ९८ सवारी दुर्घटना भएका थिए ।



