काठमाडौं । सौर्य एयरलाइन्सको विमान दुर्घटनाको शोक मनाउँदै आज राष्ट्रिय झण्डा आधा झुकाइने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विमान दुर्घटनाबारे जाँचबुझ गरी दुर्घटनाको कारण पत्ता लगाउन पाँच सदस्यीय आयोग गठन गर्ने र झण्डा आधा झुकाउने निर्णय गरेको थियो ।
बुधबार बिहान काठमाडौंबाट पोखरातर्फ प्रस्थान गर्नेक्रमा सौर्य एयरको ९ एन एएमई जहाज दुर्घटना हुँदा विमानमा सवार १८ जनाको निधन भएको थियो । उक्त जहाज उड्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘रन वे’ पूर्वतर्फको खाल्डोमा खसेको थियो। पाइलट भने घाइते भएका छन् ।



