काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले जनताको माग र समयको आवश्यकताअनुसार संविधान संशोधन हुनसक्ने बताउनुभएको छ । बिपी कोइराला स्मृति दिवसका अवसरमा सहिद स्मृति प्रतिष्ठानले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सिंहले कांग्रेसको नेतृत्वमा वर्तमान नयाँ संविधान जारी भएको भन्दै जनताको माग र समयको आवश्यकताअनुसार संविधान संशोधन हुनसक्ने बताउनुभएको हो ।
उपप्रधानमन्त्री सिंहले कांग्रेस र एमाले मिलेर बनेको सरकारले जनताको इच्छा पूरा गर्नका लागि ध्यान केन्द्रीत गर्ने उल्लेख गर्नुभयो । त्यस्तै उहाले संघ, प्रदेश र स्थानीय तीन तहको सरकार अधिकार सम्पन्न नहुँदा अहिलेको जटिल अवस्था सिर्जना भएको उहाको भनाइ छ । उहाले अर्थतन्त्रलाई चलायमान बनाउने र उद्योगधन्दाहरु सञ्चालन गर्ने हिसाबले सरकार अगाडि बढ्ने समेत बताउनुभयो ।



