काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले बरालिएको बजेटलाई यस बर्ष ट्रयाकमा ल्याउने काम भएको बताउनुभएको छ । संसदमा बजेटमाथिको छलफलका क्रममा सांसद वाग्लेले बजेटले मुलुकको आर्थिक सुधारका आयामहरु खोलेको र यसअघि बरालिएको बजेटलाई यस बर्ष ट्रयाकमा ल्याउने काम भएको भन्दै अर्थमन्त्रीलाई शुभकामना दिनुभयो ।
आर्थिक सुधारको नयाँ घोषणालाई कार्यान्वयन गर्न नयाँ ढंगले बजेट कार्यान्वयनमा जोड दिनुपर्ने उहाले बताउनुभयो । सांसद वाग्लेले हरेक बर्ष बजेट बढाउदै लैजाने र मध्यावधि समीक्षाबाट सुकाउने गर्दा बजेटको विश्वसनीयतामा प्रश्न उठ्ने गरेकाले यसमा बिशेष ध्यान दिनुपर्ने धारणा राख्नुभयो । उहाले बजेटको आकार केहि बढेको देखिएपनि जिडिपीको अनुपातमा यसबर्षको बजेट घटेर आएको बताउनुभयो ।
