काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको नाराबाजीकैबीच प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको छ। कांग्रेसले वेल घेराउ गर्दै नाराबाजी गरिरहेको छ । नाराबाजीकैबीच सभामुख देवराज घिमिरेले सदनको कार्यसूची अघि बढाएका हुन् ।
सभामुखले समय दिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनमा प्रस्तुत गरेको नीति तथा कार्यक्रमको छलफल प्रस्ताव पेस गरेका छन् । सभामुख घिमिरेले विभिन्न संशोधनकर्ताहरूलाई आफ्नो संशोधनबारे भनाइ राख्दै छलफल अघि बढाएका छन् ।



