काठमाडौं । सभामुख देवराज घिमिरेले संघीय संसदको कामकारवाहीका लागि बजेटको कमि हुन नदिन आग्रह गर्नुभएको छ । बुधबार सिंहदरबारमा संसदका लागि आवश्यक पर्ने बजेटका बिषयमा बिषयगत समितिका सभापतिसहित अर्थमन्त्री बर्षमान पुनसंग छलफल गर्दै सभामुख घिमिरेले आगामी आर्थिक बर्षमा सचिवालयले प्रस्ताव गरेको बजेट नघटाउन आग्रह गर्नुभएको हो ।
बजेट अभावका कारण समितिहरुको काम कारवाहीमा असर परेको भन्दै उहाले आगामी आर्थिक बर्षमा यसलाई बिचार गर्न समेत आग्रह गर्नुभएको थियो । छलफलका क्रममा अर्थमन्त्री पुनले आगामी बजेटमा संसदको बजेटलाई कटौती हुन नदिने गरि अघि बढ्ने आश्वासन दिनुभएको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अव्दुल खानले जानकारी दिनुभयो ।
छलफलमा बजेटका अभावका कारण भइरहेको समस्याका बारेमा जानकारी गराउदै समिति सभापतिहरुले संसदको कामकारवाहीलाई चुस्त दुरुस्त बनाउन बजेटको कमी हुन नदिन आग्रह गरेका थिए ।



