काठमाडौं । सुनको भाउ आज तोलामा एक सय रुपैयाँले घटेको छ । हिजो एक लाख ४० हजार छ सय रुपैयाँ रहेको सुनको भाउ आज एक सय रुपैयाँले घटेर तोलाको एक लाख ४० हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज तोलामा १५ रुपैयाँले बढेर एक हजार नौ सय रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । हिजो चाँदी तोलाको एक हजार आठ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।



