काठमाडौं । नेपाली कांग्रेसकी सांसद आरजू राणाले आफुले टीकापुर जग्गा प्रकरणमा आफ्नो संलग्नता नरहेको बताउनुभएको छ । मंगलबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै राणाले आफुले रु ५० हजारमा टीकापुरमा जग्गा किनेको भन्दै काजगपत्र हेर्नका लागि जान सुझाव दिनुभयो ।
आफुले ५३ सालमा नै जग्गा किनेको र घोटाला प्रकरण ६८ सालमा आएको उहाले बताउनुभयो । उहाले पावरमा हुनेले मनगणन्ते कुरा गरेको टिप्पणी गर्नुभयो । यस बिषयमा आफुले सरोकारवाला निकायमा रिपोर्टिङ गरिसकेको जिकिर गर्नुभयो । सरकारले टिकापुर विकास समितिका नाममा बाँडिएको जग्गाका बारेमा अनुसन्धान गर्ने तयारी गरेको छ ।



