काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिदा अवरोध गर्ने कदमले कांग्रेसले चर्को मूल्य चुकाउनुपर्ने चेतावनी दिनुभएको छ ।
सोमबार प्रतिनिधिसभा बैठकमा विश्वासको मतको छलफलमा उठेका प्रश्नको जवाफ दिदै प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने क्रममा अवरोध सिर्जना गरेर कांग्रेसले गलत र नेपालको इतिहासमा नराम्रो उदाहरण प्रस्तुत गरेको भन्दै कांग्रेसलाई चर्को मूल्य पर्ने चेतावनी दिनुभयो ।
जुन प्रधानमन्त्रीले पटक पटक साथ दियो, उहि प्रधानमन्त्रीलाई संविधान अनुसार विश्वासको मत लिन नदिएको भन्दै उहाले दुख व्यक्त गर्नुभयो । उहाले आफुलाई समर्थन गर्ने सवैप्रति धन्यवाद व्यक्त गर्नुभयो ।



