चितवन । चाडपर्वका बेला जथाभावी पड्काइने पटकाका कारण चितवनमा एक बालक गम्भीर घाइते भएका छन् । पूर्वी चितवनको खैरहनी नगरपालिका–२ निवासी १२ वर्षीय आयुष गान्धारी पटका पड्काउने क्रममा भएको दुर्घटनामा परी गम्भीर घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक (एसपी) रामेश्वर पौडेलका अनुसार बुधबार साँझ पटका पड्काउने क्रममा अचानक आगोको झिल्का उछिट्टिएर बालकको कपडामा आगलागी भएको थियो ।
