सुनसरी । सप्तकोशी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका सुनसरीको बराहक्षेत्रका एक युवक मृत अवस्थामा फेला परेका छन् । बराहक्षेत्र नगरपालिका–१० बकुल्लाचापका २३ वर्षीय ओसन कोइराला आइतबार साँझ सप्तकोशी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए । उनको शव सोमबार बिहान फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काका अनुसार मृतकको शव परीक्षणका लागि इनरुवा स्थित जिल्ला अस्पताल पठाइएको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
