काठमाडौं । रसुवाको चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र खोजी तथा उद्धार कार्यका क्रममा दुईवटा शव फेला परेका छन् । रसुवाका प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले दिएको जानकारी अनुसार, बाढीपछिको खोजीका क्रममा आज सुरुङभित्र ती शवहरू भेटिएका हुन् र हाल उक्त सुरुङको ब्रेक थ्रुु समेत भइसकेको छ ।
गएको भदौ १० गते आएको विनाशकारी बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाका सुरुङ तथा संरचनाहरूभित्र मानिस हरू फसेको आशंका गरिएको थियो । सोही बेलादेखि बेपत्ताहरूको खोजी तथा उद्धार गर्ने क्रम जारी रहेकोमा चिलिमे हाइड्रोको सुरुङमा यो गम्भीर र दुखद फेलापाइ भएको हो ।
