काठमाडौं । बैंकिङ कसूर मुद्दामा पक्राउ परेका पूर्वराज्यमन्त्री तथा कांग्रेस अनुशासन समितिका संयोजक तारामान गुरुङ ८ दिन प्रहरी हिरासतमा बसेर रिहा भएका छन् ।
गएको भदौ १८ गते पक्राउ परेका गुरुङले जाहेरवालाहरूलाई तिर्नुपर्ने कुल ७१ लाख ५० हजार रुपैयाँ भुक्तानी गरेर मिलापत्र गरेसँगै भदौ २६ गते छुटेका हुन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलीप घिमिरेका अनुसार गुरुङले पीडितहरू दोर्जे शेर्पालाई ३३ लाख ५० हजार, रिगुज्याम्पु शेर्पालाई १४ लाख र सुनुर्पु शेर्पालाई २४ लाख रुपैयाँ चुक्ता गरेपछि आपसी सहमतिमा यो विवाद टुङ्गिएको हो ।
