वीरगञ्ज, १०साउन । गुरुपूर्णिमाको पावन अवसरमा विद्या सदन सेकेन्डरी स्कुल, मुर्ली, वीरगञ्ज–१२, पर्साको आयोजनामा अन्तरविद्यालय कला महोत्सव–२०८३ भव्य रूपमा सम्पन्न भएको छ। वीरगञ्जका १० प्रतिष्ठित विद्यालयको सहभागिता रहेको महोत्सवमा पाँच समूहमा चित्रकला प्रतियोगिता आयोजना गरिएको थियो।
प्रतियोगिताको समूह ‘क’ (नर्सरी) मा बिनिता चौरसिया (जीएचपी सेकेन्डरी स्कुल) प्रथम, आकृति कुमारी (न्यु वेभ सेकेन्डरी स्कुल) द्वितीय तथा अनुराधा कुशवाहा (मिनी ल्यान्ड इङ्ग्लिस सेकेन्डरी स्कुल) तृतीय भइन्।
समूह ‘ख’ (एल.के.जी.) मा अन्जुला राम (जीएचपी सेकेन्डरी स्कुल) प्रथम, सोनिया मण्डल (विद्या सदन सेकेन्डरी स्कुल) द्वितीय तथा साइमा खातुन (विद्या सदन सेकेन्डरी स्कुल) तृतीय भइन्।
समूह ‘ग’ (यू.के.जी.) मा सुन्दरम कलवार (जीएचपी सेकेन्डरी स्कुल) प्रथम, आहान अली (विद्या सदन सेकेन्डरी स्कुल) द्वितीय तथा अनाया अली (विद्या सदन सेकेन्डरी स्कुल) तृतीय भए।
समूह ‘घ’ (कक्षा १–२) मा अमन कुमार साह (जीएचपी सेकेन्डरी स्कुल) प्रथम, शिवानी महतो (विद्या सदन सेकेन्डरी स्कुल) द्वितीय तथा साक्षी गुप्ता (जीएचपी सेकेन्डरी स्कुल) तृतीय भइन्।
समूह ‘ङ’ (कक्षा ३–५) मा आरुषी कुमारी प्रजापति (मनकामना सेकेन्डरी स्कुल) प्रथम, आरती सिंह (जीएचपी सेकेन्डरी स्कुल) द्वितीय तथा नैना कुमारी (न्यु वेभ सेकेन्डरी स्कुल) तृतीय भइन्।
प्रतियोगिताका विजेता विद्यार्थीहरूलाई शिल्ड, पदक तथा प्रमाणपत्र प्रदान गरिएको थियो भने सहभागी सबै विद्यार्थीलाई सान्त्वना पुरस्कार प्रदान गरिएको थियो। कार्यक्रम विद्यालयका प्रधानाध्यापक लालबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो।
