काठमाडौं । नेपाली बजारमा आइतबार सुनको भाउ २ हजार ७ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९९ हजार २ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन २ लाख ९६ हजार ५ सय रुपैयाँ मा सुनको कारोबार भएको थियो ।
आज चाँदी पनि बढेको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ५० रुपैयाँ बढेको हो । शुक्रबार प्रतितोला ४ हजार ९४५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ९९५ रुपैयाँमा पुगेको छ ।



