काठमाडौं । आज सुनचाँदीको भाउ बढेको छ । सुन २ हजार २०० रुपैयाँले बढेर आज तोलाको २ लाख ९६ हजार ९०० रुपैयाँ मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो ४ हजार ३०० रुपैयाँले घटेर तोलाको २ लाख ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज ८५ रुपैयाँले बढेर तोलाको ४ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदीको भाउ हिजो तोलाको ४ हजार ८७५ रुपैयाँ थियो



