पर्सा १ का सांसद हरि पन्तले आज प्रधानमन्त्री बालेन्द्र शाह समक्ष पर्सा १ संग जोडिएका गम्भीर बिषयहरु उठान गरेका छन । आज मधेस प्रदेशका सांसद र प्रधानमन्त्री बालेन्द्र शाह बिच प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा भएको भेटघाटको क्रममा सांसद पन्तले यी गम्भीर बिषयहरु उठान गरेका हुन ।
प्रधानमन्त्री बालेन्द्र शाहसंग उनले विशेष गरि सिर्सिया नदि प्रदुषण हाटाउन अधिकार सम्पन्न समिती गठन गरि समयसिमा तोकेर समस्याको समाधान गर्नु अबको सरकारको काम भएको बताए । सांसद पन्तले किसानलाइ चाहिएको समयमा चाहिएको जति मल कुनै पनि हालतमा सरकारले उपलब्ध गराउनु पर्ने समेत बताएका थिए ।
सांसद पन्तले वीरगञ्जका क्यासिनोहरुको बिषयमा बोल्दै वीरगञ्जका प्रायः क्यासिनोहरुले नेपालिहरुलार्इ अबैध रुपमा क्यासिनोमा प्रबेश गराएर धेरै वीरगञ्ज बासिहरुको बिल्ली बाठ बनाउदा समेत प्रहरी र प्रशासन मुक दर्शक भएर बसेको आरोप समेत लगाएका थिए ।
भेटको क्रममा उनले वीरगञ्ज महानगरको प्रसङ्ग झिक्दै महानगरले ठाउँ ठाउँमा ढाट राखेर अबैध अशुली गरि रहेको र यो बिषयमा प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई भन्दा सिडियोले एसपी लाई भन्न र एसपीले सिडियो सापलाइ भन्न भनेको प्रसङ्ग समेत प्रधानमन्त्री बालेद्र साहलाई सुनाएका थिए ।
सबै सुनी सकेपछी प्रधानमन्त्री बालेन्द्र साहले यस बिषयमा अहिले नै प्रहरि माहानिरिक्षक र गृह सचिबलाई निर्देशन दिने बताएका थिए । प्रधानमन्त्री बालेद्र शाहले जनप्रतिनिधिले भनेका जायज कुराहरू जिल्लाका प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारिले नसुन्ने कुरै नहुने समेत बताएका थिए । भेट्को क्रममा श्रममन्त्री दिपक साह , प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाह र मधेस प्रदेशका सांसदहरुको उपस्तिथि थियो ।



