वीरगंज । वीरगञ्जको आदर्शनगरमा अवैध गोदाममा छापा मार्न पुगेको सुरक्षा टोलीमाथि भएको साङ्घातिक आक्रमणको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ ।
भन्सार छलीका सामान लुकाइएको सूचनाको आधारमा माघ २६ गते सोमबार पुगेको भन्सार कार्यालय र सशस्त्र प्रहरीको संयुक्त टोलीमाथि स्थानीय तस्कर व्यापारीहरूको समूहले अचानक ढुङ्गामुढा र आक्रमण गरेपछि स्थिति तनावपूर्ण बनेको थियो । उक्त झडपमा परी तीन जना सशस्त्र प्रहरी घाइते हुनुका साथै सुरक्षा निकायका दुईवटा सवारीसाधनमा समेत आन्दोलनकारीले व्यापक क्षति पुर्याएका थिए।
तस्करी मा ख्याति कमाएका र तस्करी बाट अकुत सम्पति आर्जन गरेका मदनप्रसाद गुप्ता (रुन्चे)को घरमा अवैध रूपमा भण्डारण गरी राखिएको करिब १२ लाख ५० हजार मूल्य बराबरको कपडा बरामद गर्ने क्रममा यो अप्रिय घटना घटेको थियो।

सुरक्षाकर्मीमाथि भएको यो अभद्र र हिंसात्मक कार्यको पर्सा प्रहरीले गम्भीरताका साथ अनुसन्धान गर्दै प्रमोद कानु, प्रितम चौधरी, प्रभु महतो, कुञ्जन सरार्फ, दिप राज सहनी र शिवचन्द्र सहनी लाई पक्राउ गरेको थियो भने मुख्य आरोपी मदन गुप्ता (रुन्चे) भन्ने हाल सम्म फरार रहेका छन । पर्सा जिल्ला अदालतले पक्राउ परेका छव जना मध्ये तिन जनामा कुञ्जन सरार्फ लाई एक लाख पचास हजार, शिवचन्द्र साह लाई एक लाख पचास हजार र दिप राज सहनी लाई तिन लाखको धरौटि मा छोडेको छ भन्ने प्रमोद कानु, प्रितम चौधरी र प्रभु महतो लाई पूर्व पक्छ को लागी जेल चलान गरेको छ, भन्ने यो घटना को मुख्य आरोपी रुन्चे मदन लाई अहिले सम्म पक्राउ नर्गनुमा विभिन्न किसिमको संका उपसंका उत्पन्न भईरहेको छ । राष्ट् सेवक सशस्त्र प्रहरी माथि यसरी कर्तव्य पालना गर्ने क्रममा ज्यान मार्ने उदेश्यका साथ गरिएको आक्रण को चौतर्फी आलोचना भए पछि प्रहरीले ज्यान मार्ने उधोग र सार्वजनीक उपद्रव मुदा नेपाल प्रहरीले दर्ता गरि चलाएको छ ।
अवैध तस्करी बाट अकुत सम्पति आर्जन गरेका रुन्चे मदन वीरगंज काठमाण्डौँ लगायत एक दर्जन ठाउँमा घरहरु जोडन सफल भएका छन । मुख्य आरोपी रुन्चे मदन अहिले वीरगंज संगै टासिएको सिमावर्ति भारतको पन्टोका मा बसेको प्रहरी लाई थाहा हुदा हुदै पनि पक्राउ नपर्नुमा रकमको ठुलो चलखेल भएको अनुमान गर्न सकिन्छ ।

सशस्त्र प्रहरीका आईजीपी राजु अर्याल यस घटना बारे आफैँ चासो लिएको कारण उनको अवकास हुन एक डेढ महिना मात्रै बाकि रहेको कारण उनको अवकास पसचात सेटिन्ङमा हाजिर हुने गुप्ताका नजिक का एक जनाले ए न्यूज टेलिभिजन संग बताए । प्रहरीले चाहयो भने फोन को कल ट्रेस गरेर मुख्य आरोपी गुप्ता लाई पक्राउ गर्नै सकथ्यो तर पक्राउमा ढिलाई हुनुको कारणले पनि विभिन्न संका उपसंका उबजाएको छ ।
