काठमाडौं । आज सुनको भाउ तोलामा २ हजार रुपैयाँले घटेको छ । सुनको भाउ २ हजारले घटेर तोलाको ३ लाख १७ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ २०५ रुपैयाँले घटेर तोलाको ५ हजार ५१५ रुपैयाँमा झरेको छ ।
