काठमाडौं । सुनको भाउ आज बिहीबार तोलामै १३ हजार ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार भाउ बढेर सुन आज तोलाको २ लाख ८८ हजार ९०० रुपैयाँ पुगेको छ ।
त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज तोलामा २६५ रुपैयाँ बढेको छ । भाउ बढेर चाँदी आज तोलाको ३ हजार ९२० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको भाउ उच्च दरले बढेसँगै नेपाली बजारमा पनि त्यसको प्रभाव परेको छ ।
