काठमाडौं । बुधबार सुनको भाउ तोलामा २ हजार रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला ३ लाख १९ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख १७ हजार रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको भाउ स्थिर छ । अघिल्लो दिनकै मूल्य प्रतितोला ५ हजार ७२० रुपैयाँमा चाँदीको कारोबार भएको महासंघले जनाएको छ ।
