काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला १ हजार १०० रुपैयाँले वृद्धि भएको हो ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ६ हजार ६०० रुपैयाँ मा कारोबार भइरहेको छ। मंगलबार छापावाल सुन प्रतितोला ३ लाख ५ हजार ५०० रुपैयाँ मा कारोबार भएको थियो।
चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ५ हजार २९० रुपैयाँ मा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला ५ हजार २४० रुपैयाँ रहेको थियो ।



