वीरगञ्ज । मानवसेवा आश्रम वीरगञ्ज शाखाले पर्साको ठोरी गाउँपालिका वार्ड न. ५ सूवर्णपुर चोकबाट एक जना पुरुषको उद्धार गरेको छ । आफ्नो नाम, थर प्रष्ट बताउन नसक्ने, मानसिक अवस्था कमजोर भएको अन्दाजी ३० वर्षीय पुरुषलाई दिउसो २ः३० बजे उद्दार गरि आश्रममा ल्याईएको छ ।
उद्धारमा मानवसेवा आश्रम वीरगञ्जका संस्थापक अभियन्ता देवेश गुप्ताज्यू, आश्रमकी संयोजक मुना मगर, आश्रमका अभिभावक प्रकाश थारु, ठोरी गाउँपालिका वार्ड न. ५ का वडाअध्यक्ष अस्ट बहादुर लोप्चन, प्रहरी चौकी सूवर्णपुरका प्रहरी वरिष्ट हवलदार बिबेक राउत कुर्मीको उपस्थिति रहेको थियो । आश्रम लगे पश्चात् उहाँको सरसफाई नुहाइ, धुहाई पछि डाक्टर भरत गोई को निगरानीमा औषधि उपचार भईरहेको छ ।



