काठमाडौं । सुनको भाउ आज एकैदिन १८ हजार ८ सय रुपैयाँले घटेको छ । हप्ताको पहिलो दिन आज सुन तोलाको ३ लाख रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
शुक्रवार घटेर तोलाको ३ लाख १८ हजार ८ सय रुपैयाँमा कारोवार भएको सुनको भाउ आज फेरि १८ हजार ८ सय रुपैयाँले घटेको हो ।
यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । चाँदी आज तोलामा १ हजार ५ सय ६५ रुपैयाँले घटेर तोलाको ५ हजार ५ सय रुपैयाँमा कारोवार भइरहेको महासङ्घले जनाएको छ ।
