काठमाडौं । अमरेशकुमार सिंह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्नुभएको छ । सोमबार जनकपुरधाममा भएको रास्वपा चूनावीसभाका क्रममा रास्वपा सभापति रवि लामिछाने, बरिष्ठ नेता बालेन शाह लगाएत नेताहरुले सिंहलाई रास्वपा प्रवेश गराउनुभएको हो ।
रास्वपा प्रवेश गरेपछि नेता सिंहले देशलाई अघि बढाउन रास्वपालाई अत्याधिक मतका साथ बिजयी गराउन आह्वान गर्नुभयो । उहाले आफु कुनै पदका लागि नभइ देश र नागरिकको बिकासका लागि हातेमालो गर्न रास्वपामा आएको बताउनुभयो ।
देशको लागि काम गर्दा आफुलाई पटक पटक बद्नाम गर्ने कोशिश भएको उहाको भनाइ छ । उहाले बालेनलाई प्रधानमन्त्री बनाएर छाड्ने भन्दै त्यसपछि मात्रै मधेशको आन्दोलन सफल हुने बताउनुभयो ।
