काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ९ सय रूपैयाँले बढेको हो । मंगलबार २ लाख ४७ हजार ९ सय रूपैयाँमा कारोबार भएको सुन बुधबार बढेर २ लाख ४८ हजार ८ सयमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । तोलामा २० रूपैयाँले बढेर चाँदी ३ हजार २ सय २० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।



